बजार अनुगमन गरिएकाे
2076-01-12
2076-01-12
जिल्ला प्रशाासन कार्यालय, पर्वतको संयोजनमा मिति २०७६।१।११ गतेका दिन यस जिल्लाको सदरमुकाम स्थित कुश्मा वजारमा जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी अमृत सुवेदीको नेतृत्वमा उद्योग बाणिज्य संघ, घरेलु तथा उद्योग विकास समिति र जिल्ला स्वास्थ्य कार्यालयका प्रतिनिधि तथा नेपाल प्रहरी र पत्रकार समेतको अनुगमन टोलीले दुई वटा हस्पिटल प्रा.ली. र १५ वटा मेडिकल पसलहरु अनुगमन गरिएको, अनुगमनका क्रममा म्याद नाघेका औषधिहरु बिक्रि कक्षमा नराख्न, नार्कोटिक औषधिहरुको विवरण दुरुस्त राख्न एवं औषधिहरुको खरिद विल अनिवार्य रुपमा राख्न साथै विक्रि विल अनिवार्य रुपमा जारी गर्न निर्देशन दिईएको छ । दुई वटा हस्पिटल प्रा.ली ले ल्याव संचालनको अनुमती नलिई ल्याव संचालन गरेको पाईएकोले एक हप्ता भित्र ल्याव संचालनको अनुमती लिई जिल्ला प्रशासन कार्यालय पर्वतमा जानकारी गराउन निर्देशन दिईएको छ ।
