Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पर्वत

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पर्वत

आईतवार, श्रावण १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

जिल्ला परिचय

पर्वत जिल्ला गण्डकी प्रदेश अन्तर्गत पर्ने एक पहाडी जिल्ला हो ।  यो जिल्ला ८३ डिग्री ३३ मिनेट ४० सेकेण्ड देखि ८३ डिग्री ४९ मिनेट ३० सेकेण्ड सम्म पूर्वी देशान्तर र २८ डिग्री १९ सेकेण्ड देखि २८ डिग्री २३ मिनेट ५९ सेकेण्ड उत्तरी अक्षांशसम्म फैलिएर रहेको छ । धेरैजसो पहाडी भूभाग रहेको यस जिल्लामा खोंच, बेसी तथा उच्च डाँडाकाँडाहरु रहेका छन ।  पश्चिम नेपालको पहाडी क्षेत्रमा अवस्थित पर्वत जिल्ला ४९४ वर्ग कि.मि (४९,४०० हेक्टर) क्षेत्रफल भित्र फैलिएको छ । समुन्द्र सतहबाट ५२० मिटर उचाईमा रहेको सेतीवेणी देखि ३३०९ मिटर अग्लो शालिजा हम्पालको लेकसम्मको भू–भाग रहेको यस जिल्लाको सदमुकाम कुश्मा रहेको छ । धरातलीय र भौगोलिक विविधता अनुसार नै यस जिल्लामा हावापानी र अन्य प्राकृतिक अवस्थामा पनि सामान्य विविधता पाइन्छ । गर्मी हावापानी देखि केही ठण्डा हावापानीले गर्दा जैविक विविधताका दृष्टिले यो जिल्ला प्रसिद्ध छ । भौगोलिक र वातावरणीय विविधताले गर्दा यहाँ प्रशस्त नदी नाला तथा खोलाहरु बग्छन, जसले वर्षेनी विपद्का घटनाहरु हुने गर्दछन । यस जिल्लाको पूर्वमा कास्की र स्याङ्जा, पश्चिममा गुल्मी र बाग्लुङ, उत्तरमा म्याग्दी जिल्ला र दक्षिणमा स्याङ्जा र गुल्मी जिल्ला पर्दछन् । यो जिल्ला १ प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र, २ प्रदेश सभा निर्वाचन क्षेत्र तथा ५ गाउँपालिका र २ नगरपालिका गरी ७ स्थानीय तहमा विभाजित रहेकोे छ । वि.सं. २०७८ को राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा अनुसार यस जिल्लामा घरधुरी ३३,०५३ मा बसोवास गर्ने ३७,६०५ परिवार छन् । जिल्लाको कुल जनसंख्या १,३२,७०३ मध्ये महिला ६९,५७५ र पुरुष ६३,१२८ छ । १ प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र र २ प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र रहेका छन् ।  जिल्लाको जनघनत्व २९.७ वर्ग कि.मि. रहेको देखिन्छ । यस जिल्लामा गुरुङ्ग, मगर, ब्राह्मण, क्षेत्री, नेवार, कुंवर, घर्ती, ठकुरी, सन्यासी, कुमाल, बोटे, माझी, थकाली, मुस्लिम, दमाई, कामी, सार्की जस्ता विभिन्न जातजाति र समुदायको बसोवास भएको पाइन्छ । यहाँ सबै भन्दा बढी नेपाली भाषा बोल्ने समुदाय रहेका छन् भने क्रमशः नेवारी, गुरुङ्ग, मगर हिन्दी, भाषा बोल्ने व्यक्तिहरुको बसोवास रहेको छ । यस जिल्लाको अधिकाशं जनसंख्या कृषिमा आश्रित छन् । वैदेशिक रोजगारमा पनि यहाँका व्यक्तिहरु हुदाँ रेमिट्यान्स पनि मुख्य आयस्रोत हो । कृषिजन्य भूमिक्षय तथा प्रकोपबाट प्रभावित नागरिकले पाउने अधिकार सुविधाबाट उनीहरु वञ्चित हुन नपरोस् भन्ने दृष्टिकोणले सम्पूर्ण सरकारी तथा गैरसरकारी निकायहरुबाट विशेष प्रयास गर्नु जरुरी छ । 

 


पछिल्लो अपडेट गरिएको : 2083-04-05 11:19:26

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, पर्वत