Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पर्वत

कुश्मा, पर्वत

नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पर्वत

कुश्मा, पर्वत

जिल्ला प्रशासन कार्यालय पर्वत स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम यस जिल्लाको शान्ति सुरक्षा अमनचयन कायम गर्न तथा जिल्लास्थित अन्य कार्यालयहरुसँग समन्वयकारी भूमिका निर्वाह गर्दै विकास तथा सुशासन प्रवद्र्धन गर्ने जिम्मेवारीका साथ वि.सं. २०२८ सालमा स्थापना भई निरन्तर रुपमा संचालन हुँदै आएको हो । मुख्यतया यस कार्यालयले नेपाल सरकार कार्यविभाजन नियमावली २०७४ले निर्दिष्ट गरेका गृह प्रशासनका सम्पूर्ण अधिकार क्षेत्र भित्र रहेर काम गर्दै आएको छ । जसमा संघ, प्रदेश र स्थानीय तहहरु बीच समन्वय र सुरक्षा प्रबन्ध, अपराध रोकथाक तथा नियन्त्रण, दैनिक रुपमा नियमानुसार नागरिकता तथा राहदानी वितरण, हातहतियार तथा खरखजाना, सार्वजनिक सम्पत्तिको संरक्षण, जुवाजन्य क्रियाकलापको नियन्त्रण, लागुऔषध नियन्त्रण, विपद् व्यवस्थापन, अत्यावश्यक वस्तु तथा सेवाको आपूर्ति तथा उपभोक्ता हित संरक्षण, सरकारी सवारी साधनको समुचित प्रयोगको व्यवस्था मिलाउने र अन्य आकस्मिक सम्पूर्ण कार्यहरु सम्पादन गर्दै  आएको छ ।