Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पर्वत

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पर्वत

आईतवार, असार ७, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

सरकारी कार्यालयमा छड्के जाँच

2076-06-28

2076-06-28


   दशैको विदा पछि कार्यालय खुलेको दिन कतिपय सरकारी कार्यालयमा कर्मचारीहरुको उपस्थिती न्यून रहेको भनि सेवाग्राहीहरुको गुनासो आएकोले मिति २०७६।०६।२८गते यस कार्यालयका सहायक प्रमुख  जिल्ला अधिकारी श्री अमृत सुवेदीको नेतृत्वमा यस जिल्ला स्थित संघीय तथा प्रादेशिक कार्यालयहरुको छड्के जाँच गरियो । यसरी छड्के जाँच गरिएका कार्यालयहरुमा संघीय कार्यालयहरु कोष तथा लेखा नियन्त्रक कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय र हुलाक कार्यालय रहेका छन् भने प्रादेशिक कार्यालयहरुमा पर्वत जिल्ला अस्पताल, जिल्ला स्वास्थ्य कार्यालय, शिक्षा विकास तथा समन्वय इकाई, आयोजना कार्यान्वयन ईकाइ (शिक्षा), पूर्वाधार विकास कार्यालय, घरेलु विकास कार्यालय, खानपानी तथा सरसफाई डिभिजन कार्यालय, जलस्रोत तथ सिंचाई डिभिजन कार्यालय, ग्रामीण सडक सुधार सन्जाल कार्यालय र कृषि ज्ञान केन्द्र रहेका छन् । विहान करिब १०.३० बजेको समयमा गरिएको उक्त छड्के जाँचमा संघीय तथा प्रादेशिक कार्यालयहरु मध्ये केही कार्यालय प्रमुखहरु नै अनुपस्थित थिए भने धेरै जसो कार्यालयमा सहायक स्तरका कर्मचारीहरुको बाक्लो अनुपस्थित रहेको पाइयो । जसमा कुल ४८ जना कर्मचारीहरु अनुपस्थित रहेका छन् । यसरी अनुपस्थित रहेका कर्मचारीहरुलाई के गर्ने भन्ने सम्बन्धमा प्रमुख जिल्ला अधिकारीले आवश्यक निर्णय गरी सम्बन्धित तालुक निकायहरुमा पठाइ सकिएको छ ।

पछिल्लो अपडेट गरिएको : 2083-02-01 14:59:24

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, पर्वत .