Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पर्वत

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पर्वत

आईतवार, असार ७, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

निजामती सेवा दिवस -२०७६ विविध कार्यक्रम गरि सम्पन्न

2076-05-22

2076-05-22


सक्षम निजामती प्रशासनः विकास, समृद्धि र सुशासन भन्ने मूल नाराका साथ  पर्वत जिल्लामा निजामती सेवा दिवस–२०७६ तीन दिनसम्म विविध कार्यक्रम गरि मनाइएकोे छ । प्रमुख जिल्ला अधिकारी श्री कल्पना घिमिरे नेपालको अध्यक्षतामा गठित निजामती सेवा दिवस–२०७६ जिल्ला मूल समारोह समिति पर्वतले २०७६ भाद्र २० गते रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । पर्वत जिल्ला अस्पतालको परिसरमा आयोजित उक्त रक्तदान कार्यक्रममा कर्मचारी लगायत विभिन्न क्षेत्रका १३ जना व्यक्तिहरुले रक्तदान गर्नुभएको थियो । त्यस्तै २०७६ भाद्र २१ गते बिहान ८ बजे कर्मचारी–११ र पत्रकार–११ बीच मैत्रीपूर्ण फुटबल कार्यक्रम सम्पन्न भएको थियो । सशस्त्र प्रहरी बल हे.क्वा. नं. २५ चण्डिका गण पर्वतको परिसरमा भएको उक्त मैत्रीपूर्ण फुटबल खेलमा कर्मचारी–११ ३ गोलका विरुद्ध ९ गोलले विजयी भएको थियो । २०७६ भाद्र २१ गते बेलुका कर्मचारी मिलन केन्द्र पर्वतका अध्यक्ष श्री हरि पंगेनी र  आधिकारिक ट्रेड युनियन पर्वतका अध्यक्ष श्री उद्धिमराज पौडेलबाट स्थानीय सञ्चार माध्यम मार्फत निजामती सेवा दिवस–२०७६ तथा समग्र निजामती सेवा भित्रका गतिविधिका विषयमा रेडियो परिसम्वाद कार्यक्रम सम्पन्न भएको थियो । 
२०७६ भाद्र २२ गते बिहान ७ बजे जिल्ला प्रशासन कार्यालय पर्वतको प्राङगणबाट निजामती सेवा दिवस–२०७६ को प्रभात फेरी कार्यक्रम आरम्भ भई लोकतन्त्र चोक–दुर्लुङ चोक–शिवालय चोक–धनेश्वर चोक–मेलमिलाप चोक हुँदै जिल्ला प्रशासन कार्यालय पर्वतको सभाहलमा समापन समारोह सम्पन्न भएको थियो । जिल्ला मूल समारोह समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी श्री कल्पना घिमिरे नेपालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा रक्तदान गर्ने रक्तदाता, मैत्रीपूर्ण फुटबल खेलमा सहभागिता जनाएका सम्पूर्ण खेलाडीहरुलाई प्रशंसा पत्र वितरण गरिएको थियो । माननीय जिल्ला न्यायाधीश श्री सूर्य बहादुर थापाज्यूले प्रमुख आतिथिको मन्तव्य राख्दै समग्र कर्मचारीहरु एकजुट भई आफ्ना व्यवसायिक हकहितमा लाग्नु पर्ने कुरा व्यक्त गर्नु भयो । मूल समारोह समितका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी श्री कल्पना घिमिरे नेपालले समापन मन्तव्य राख्नुहुँदै हामी सबै निजामती कर्मचारी सेवाग्राहीलाई केन्द्र बिन्दुमा खाखी कार्यस्थलमा खटिनु पर्ने बताउनु भयो साथै प्रस्तावित संघीय निजामती सेवा ऐनमा समग्र कर्मचारीका सेवा सुविधा लगायत वृति विकासका सम्बन्धमा जिल्ला स्तरमा क्रियाशील सबै टे«डयुनियन कर्मीहरुको साझा धारणा बनाई केन्द्रमा पेश गर्नु पर्ने कुरा बताउनु भयो ।  साथै उक्त समापन समारोहमा कर्मचारी मिलन केन्द्र पर्वतका अध्यक्ष श्री हरि पंगेनी, आधिकारिक  ट्रेडयुनियन पर्वतका अध्यक्ष श्री उद्धिमराज पौडेल, नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय कोषाध्यक्ष श्री बखत बहादुर खड्का, नेपाल निजामती कर्मचारी युनियन संघका केन्द्रीय उपाध्यक्ष एवं गण्डकी प्रदेश इ्रन्चार्ज श्री शिव शर्मा अधिकारी, नेपाल निजामती कर्मचारी युनियन संघ पर्वतका अध्यक्ष श्री याम प्रसाद शर्मा लगायतका वक्ताहरुले निजामती सेवा दिवसको शुभकामना व्यक्त गर्दै समग्र निजामती क्षेत्रको विषयमा आफ्ना धारणा प्रस्तुत गरेका थिए । आधिकारिक ट्रेड युनियन पर्वतका उपाध्यक्ष श्री राम शर्मा लामिछानेले स्वागत मन्तव्य राख्नु भएको थियो भने उक्त समारोहको सञ्चालन सहायक प्रमुख जिल्ला अधिकारी एवं कर्मचारी मिलन केन्द्र पर्वतका सचिव श्री अमृत सुवेदीले गर्नु भएको थियो । 

पछिल्लो अपडेट गरिएको : 2083-02-01 14:59:24

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, पर्वत .