Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पर्वत

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पर्वत

आईतवार, असार ७, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

माेदी गाउ‌पालकामा अन्तरक्रिया कार्यक्रम सम्पन्न

2076-05-19

2076-05-19


मोदी गाउँपालिकामा अन्तरक्रिया कार्यक्रम सम्पन्न

मिति २०७६।०५।१८ गते यस जिल्लाको मोदी गाउँपालिका पातीचौर पर्वतको सभाहलमा जिल्ला प्रशासन कार्यालय पर्वतबाट प्रवाह हुने सेवा प्राप्त गर्दा आवश्यक पर्ने कागजात र पु¥याउनु पर्ने प्रक्रियाका विषयमा र जिल्ला प्रहरी कार्यालय पर्वतबाट अभियानकै रुपमा सञ्चालित प्रहरी समुदाय साझेदारी कार्यक्रम सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी श्री कल्पना घिमिरे नेपालले जिल्ला प्रशासन कार्यालय पर्वतबाट सम्पादन हुने नागरिकता प्रमाणपत्र, राहदानी, पेन्सन सिफारिस लगायत अन्य विविध सिफारिस, राजश्व, शान्ति सुरक्षा, सार्वजनिक एवं सरकारी सम्पत्तिको संरक्षण लगायतका विविध विषयमा प्रस्तुतिकरण गर्नु भएको थियो । साथै जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक श्री श्यामु अर्यालले समुदाय प्रहरी साझेदारी कार्यक्रमको प्रस्तुतिकरण गर्दै लागु औषध दुरुपयोग नियन्त्रण, महिला हिंसा, मदिरा नियन्त्रण, गाँजा नियन्त्रण, चोरी लगायतका विषयमा प्रकाश पार्नु भएको थियो । उक्त कार्यक्रममा मोदी गाउँपालिकाका वडा अध्यक्ष, वडा सचिव लगायत ५० जना सहभागीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा शान्ति सुरक्षा, नागरिकता तथा अन्य विविध सिफारिसका सम्बन्धमा वडा अध्यक्ष र वडा सचिवहरुले जिज्ञासा राखेका थिए । उक्त जिज्ञासाको जवाफ प्रमुख जिल्ला अधिकारीले दिनु भएको थियो । मोदी गाउँपालिकाका अध्यक्ष श्री प्रेम शर्मा पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रम प्रमुख जिल्ला अधिकारी श्री कल्पना घिमिरे नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । मोदी गाउँपालिकाका उपाध्यक्ष श्री सेती महतले स्वागत मन्तव्य राख्नु भएको थियो भने उक्त गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री कुमान सिङ गुरुङले कार्यक्रम सञ्चालन गर्नु भएको थियो । 

पछिल्लो अपडेट गरिएको : 2083-02-01 14:59:24

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, पर्वत .