जिल्ला प्रशासन कार्यालयकाे हाेली पर्व सम्बन्धी सूचना
रंग र खुसियालीको साटासाटको पर्वको रुपमा मनाइने होली पर्वको अवसरमा सम्पुर्ण देश विदेशमा रहनु भएका नेपालीजनहरुमा हार्दिक शुभकामना व्यक्त गर्नुका साथै यस पर्वलाई धार्मिक एवमं सांस्कृतिक दृष्टिले मर्यादित र सभ्य ढंगले मनाउँदा मात्र यस पर्वको महत्व सिद्ध हुने हुँदा मर्यादित र सभ्य ढंगले मनाउन हुन अनुरोध गरिन्छ । यस पर्व मनाउने क्रममा कसैको इच्छा विपरीत जबरजस्ती, अमर्यादित, गैरकानुनी र उश्रृङखल किसिमका कुनै पनि व्यवहार गर्ने, अर्काको इच्छा विपरीत रंग लगाउने, लोला हान्ने, फोहोर छ्याप्ने, बाटोमा हिड्ने मानिसलाई दुःख हैरानी दिने जस्ता कार्य प्रचलित कानुन विपरीतका कार्य हुन् । कानुन विपरीतका कार्य तथा असभ्य व्यवहार कोही कसैले नगर्नु, नगराउनुहुन अनुरोध गरिन्छ । कसैको इच्छा एवम् स्वीकृति विना यस प्रकारका कानुन विपरीतका कार्य गरे गराइएमा कानुन बमाजिम कार्वाही हुने व्यहोरा समेत सवैमा जानकारी गराइन्छ ।
