Turn on Accessibility Mode
Skip to main content Skip to main navigation Skip to website search Skip to website search
Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Parbat

Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Parbat

Wednesday, Bhadra 10, 2083

Accessibility Menu

भाषा (Website Language)

हालको भाषा अङ्ग्रेजी हो । You're viewing the website in english language

नेपाली भाषामा परिवर्तन गर्नुहोस्

Font Size

Color Mode/Filter

Protanopia (for red-weakness), Deuteranopia (for green-weakness), Tritanopia (for blue-weakness). Learn more

Bandwidth

On low bandwidth mode, images and files will not load making website faster and consumes less data Low Bandwidth

Other Tools

Dedicated accessibility mode focuses on the content than on appearance, menu flatens, sliders unfold

स्रोत खुल्न नसकेका निक्षेपहरुको STR मार्फत कारवाही अगाडि बढाउन बैंकहरुलाई प्र.जि.अ.को निर्देशन

2076-05-15 2076-05-15

पर्वत जिल्लामा १९ वटा बैकिङ संघसंस्थाहरुका प्रबन्धकहरुसँग प्रमुख जिल्ला अधिकारी श्री कल्पना घिमिरे नेपालको संयोजकत्वमा प्रहरी नायब उपरीक्षक श्री श्यामु अर्याल र उद्योग वाणिज्य संघका अध्यक्ष श्री केदार नाथ शर्माको उपस्थितिमा वित्तीय काम कारवाहीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने लगायतका विषयमा मिति २०७६।०५।१५ गते छलफल कार्यक्रम सम्पन्न भयो । उक्त छलफलमा बैकिङ सुरक्षाका लागि कारोबारको पिकआवरमा प्रहरी गस्ती गराउनुपर्ने, वित्तीय साक्षरता, वार्षिक KYC अद्यावधिक गर्ने जस्ता विषयमा छलफल गरिएको थियो । उक्त अवसरमा प्रमुख जिल्ला अधिकारीले सम्पत्ति शुद्धिकरणका विषयहरुमा समेत बैंक तथा वित्तीय संस्थाहरुले सजग भएर कारोबार गर्नुपर्ने विषयमा जोड दिनु भयो । वित्तीय साक्षरताका कार्यक्रम जिल्ला प्रशासन कार्यालयले आगामी दिनमा संचालन गर्ने एकीकृत घुम्ती शिविर कार्यक्रमसँग आबद्ध गरेर अगाडि बढाउन सकिने, अनौपचारिक वित्तीय कारोबार जस्तै ढिकुडीहरुलाई निरुत्साहित गर्न सबै सरोकारवालाहरु जिम्मेवार हुनुपर्ने, स्रोत खुल्न नसकेका निक्षेपहरुको हकमा बैंकहरुले शंका लागेको अवस्थामा Suspicious Transaction Report मार्फत कामकारवाही अगाडि बढाउनुपर्ने र बन्दको नाममा वित्तीय संस्थाहरु र ATM मेशिनहरु बन्दगर्न नहुने, पूर्ण रुपमा सुचारु राख्ने जस्ता विषयमा प्रमुख जिल्ला अधिकारीले निर्देशन दिनुभएको थियो । प्रहरी नायब उपरीक्षकले बैंकिङ कारोबारलाई सुरक्षित बनाउन प्रत्येक बैंक तथा वित्तीय संस्थाहरुले उच्च रिजुलेसनको सिसि क्यामेरा बैंक वरिपरिको स्थानलाई समेत केन्द्रित गरी जडान गर्नुपर्ने विषयमा जोड दिनुभएको थियो । उक्त कार्यक्रमको संचालन सहायक प्रमुख जिल्ला अधिकारी श्री अमृत सुवेदीले गर्नुभएको थियो ।

Last Updated : 2083-05-08 16:24:12

© All Rights Reserved to District Administration Office, Parbat