Turn on Accessibility Mode
Skip to main content Skip to main navigation Skip to website search Skip to website search
Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Parbat

Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Parbat

Wednesday, Bhadra 10, 2083

Accessibility Menu

भाषा (Website Language)

हालको भाषा अङ्ग्रेजी हो । You're viewing the website in english language

नेपाली भाषामा परिवर्तन गर्नुहोस्

Font Size

Color Mode/Filter

Protanopia (for red-weakness), Deuteranopia (for green-weakness), Tritanopia (for blue-weakness). Learn more

Bandwidth

On low bandwidth mode, images and files will not load making website faster and consumes less data Low Bandwidth

Other Tools

Dedicated accessibility mode focuses on the content than on appearance, menu flatens, sliders unfold

जिल्ला प्रशासन कार्यालय पर्वत र जिल्लास्थित क्रियाशील पत्रकार बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न

2076-05-09 2076-05-09

जिल्ला प्रशासन कार्यालय पर्वत र जिल्लास्थित क्रियाशील पत्रकार बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न 

        जिल्ला प्रशासन कार्यालय, पर्वतले मिति २०७६।०५।०८ गते पर्वत जिल्लामा क्रियाशील पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । उक्त अन्तरक्रिया कार्यक्रममा जिल्ला प्रशासन कार्यालय, पर्वतले २०७६ असार देखि भाद्र महिनाको पहिलो सातासम्म सम्पादन गरेका सुशासन, सेवाप्रवाह, नीतिगत कार्ययोजना निर्माण लगायतका सिर्जनशिल विषय प्रत्येक दिन विहान १०ः०० वजे राष्ट्रिय गान बजाए सँगै सेवाप्रारम्भ गर्ने व्यवस्था, फ्रि वाइफाइको व्यवस्था, कर्मचारीहरुको नामथर र पद उल्लेखित चेष्ट नेमप्लेटको व्यवस्था, कार्यालयको बेभ साइट अद्यावधिक, नागरिकता अनुसूची फारमहरुको बुक व्याइण्डिङ गरि अभिलेख व्यवस्थापनमा निरन्तरता,  शाखाहरुको नाम सहित कोठा नम्बर उल्लेख भएको कार्यालयको नक्सा, शाखागत नागरिक बडापत्रको व्यवस्था, प्रत्येक बुधबार स्वास्थ्य जाँचको व्यवस्थाको निरन्तरता, खरिदार देखि कार्यालय प्रमुखसम्म कार्यकक्ष बाहिर नेमप्लेट टाँसको व्यवस्था, गुनासो फछर्योट सम्बन्धी हेलो जिल्ला प्रशासन कार्यालय गुनासो फारमको व्यवस्था, सेवाग्राहीलाई मध्यनजर गरी कार्यालयबाट सम्पादन हुने विभिन्न सेवाका लागि निवेदन नागरिक सहायता कक्षबाट प्रदान, राजश्व तथा धरौटी संकलनका लागि एकद्वार प्रणाली लागु, जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका संघसंस्थाहरुको विवरण अद्यावधिक गरि वेभसाइटमा सार्वजनिक गरिएको विषय, यस कार्यालयमा दर्ता हुने संघसंस्थाहरुको प्रमाणपत्र कार्यालयबाट उपलब्ध गराउन शुरु, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको यस जिल्लामा भष्ट्रचार न्यूनियकरणका लागि नागरिक निगरानी समूह गठन लगायतमा छलफल भएको थियो । 
            उक्त कार्यक्रममा श्रीमान सचिवज्यू र प्रमुख जिल्ला अधिकारी विच भएको आ.व. २०७६।०७७ का लागि कार्यसम्पादन सम्झौतामा  उल्लेख भएका सुचक अनुसार  भएका कार्यहरुको प्रगतिमा  आ.व. २०७६।०७७ का लागि एकिकृत जिल्ला सुरक्षा कार्ययोजना–२०७६ तयार, वार्षिक कार्ययोजना–२०७६ तयार, स.प्र.जि.अ. र इलाका प्रमुखसँग कार्य सम्पादन सम्झौता गरिएको  तथा कार्यालयका सम्पुर्ण कर्मचारीहरुलाई कार्य विवरण सहित जिम्मेवारी तोकिएको, उपभोक्ता हकहित संरक्षणका लागि स्थानीयतहहरु सँग सहकार्य गरि बजार अनुगमन कार्ययोजना–२०७६ तयार पारिएको, विपदपूर्व तयारी तथा प्रतिकार्य योजना–२०७६ तयार, मनसुनपुर्व आपतकालिन कार्ययोजना– २०७६ निर्माण तथा कार्यान्वयनमा ल्याइएको, लागू औषध अपराध निषेध र मदिरा नियन्त्रण एवम् नियमन कार्ययोजना– २०७६  तयार, पर्वत जिल्लास्थित सवै सार्वजनिक जग्गाको लगत तयार, पर्वत जिल्लास्थित सवै सरकारी कार्यालयका कार्यलय प्रमुखहरुलाई सुशासन प्रवद्र्धनका लागि १५ बुँदे निर्देशन दिइएको, यस जिल्लास्थित विभिन्न आयोजनाहरुको निरन्तर रुपमा विवाद समाधान, जिल्ला प्रशासन कार्यालय, पर्वतको आ.व. २०७६।०७७ मा सम्पादन भएका कार्यहरुको विवरण सहित त्रैमासिक इबुलेटिन र वार्षिक प्रशासन बुलेटिन प्रकाशनका विषयमा  प्रमुख जिल्ला अधिकारी श्री कल्पना घिमिरे नेपालबाट प्रस्तुतीकरण भएको थियो । उक्त कार्यक्रममा पत्रकार महासंघ, पर्वतका अध्यक्ष छविलाल तिवारीले सुशासन प्रवद्र्धन  सेवाप्रवाह र शान्ति सुरक्षाको विषयमा जिल्ला प्रशासन कार्यालयले गरेको कार्य सह्रानीय भएको भन्दै यस्तै प्रकृतिका कार्य गर्न जिल्लास्थित सम्पुर्ण सरकारी कार्यालयलाई सुझाब दिनुभएको थियो । जिल्लामा क्रियाशिल अधिकांश संचारक्रमीको उपस्थिति रहेको उक्त अन्तरक्रिया  कार्यक्रमको अध्यक्षता प्रमुख जिल्ला अधिकारी श्री कल्पना घिमिरे नेपाल र अतिथिका रुपमा जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक श्री श्यामु अर्याल, सहायक प्रमुख जिल्ला अधिकारी अमृत सुवेदी र कार्यक्रमको संचालन सहायक प्रमुख जिल्ला अधिकारी एवमं सूचना अधिकारी श्री छविलाल सुवेदीबाट भएको थियो । 

Last Updated : 2083-05-08 16:24:12

© All Rights Reserved to District Administration Office, Parbat