नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
पर्वत


  मौसम सम्बन्धी जानकारी

श्रावण ३, २०७५- आज देशको मध्य भु-भाग र पश्चिमी भू-भागमा हल्का देखि मध्यम सम्म वर्षा हुने सम्भावना । मध्य तथा पूर्वी भु-भागमा भने केही स्थानमा मात्र हल्का वा मध्यम वर्षा हुने ।

विस्तृत जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् 

  • विपद् व्यवस्थापन समितिको बैठकका निर्णय २०७५-४-२

    विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालज्यूको अध्यक्षतामा आज बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठक विभिन्न वटा ८ बुँदाहरुको निर्णय गरी सकिएको छ । सरोकारवाला कार्यालयहरुका प्रमुख/प्रतिनिधि सहित नेपाल रेडक्रस सोसाईटी, राजनीतिक दल, जनप्रतिनिधि, पत्रकार, नागरिक समाजका प्रतिनिधि सहितको उपस्थिति रहेको उक्त बैठकले मिति २०७५।०४।०१ गते राति परेको अविरल वर्षाको कारण पहिरो आई घर पुरिंदा ज्यान गुमएका जलजला गा.पा. वडा नं. ८ का स्व. विकास परियार प्रति श्रद्धान्जली र घाईतेहरुको शिघ्र स्वास्थय लाभको कामना समेत गरिएको थियो ।   मिति २०७५/०४/०१ गते राति परेको अविरल वर्षाको कारण जलजला गाउँपालिका वडा नं. ७ र ८ मा भएको क्षति…

  • अविरल वर्षाको कारण पर्वत जिल्लामा धनजनको क्षति २०७५-४-२

    हिजो मिति २०७५/०४/०१ गते राति देखि परेको अविरल वर्षा पछिको बाढी पहिरोमा परी पर्वत जिल्लाका विभन्न स्थानमा जनधनको क्षति भएको छ । राति देखिको अविरल वर्षाको कारण राती अं.०१:०० बजेको समयमा जिल्ला पर्वत जलजला गाउँपालिका वडा नं.-८ लस्ती बेरनेटामा वस्ती भन्दा माथिबाट आएको पहिरोले बम बहादुर परियारको १ तले कच्ची घर बगाउँदा बम बहादुर परियारको छोरा अं. वर्ष १७ का विकास परियार पुरिएको र खोजतलाशको क्रममा निजलाई मृत अवस्थामा फेला पारेको छ । हाल मृतलाशलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल पर्वत लगिएको र मृतकका बुबा बम बहादुर परियारलाई प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले घटनास्थलमा नै पुगी तत्काल राहतका लागि नगद रु…

  • दिवस मनाईयो २०७५-३-१२

    आज मिति २०७५/०३/१२ गते पर्वत जिल्लामा पनि लागु औषध दुरुपयोग तथा अवैध ओसार पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइएको छ । प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालको संयोजकत्वमा जिल्लाका सम्पूर्ण सरकारी, गैह्र सरकारी कार्यालयका कार्यालय प्रमुखहरु, कर्मचारीहरु, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मी सहितको र्‍यली जिल्ला प्रशासन कार्यालयबाट शुरु भई बजार परिक्रमा गर्दै  जिल्ला स्वास्थ्य कार्यालयमा गएर समापन भएको थियो । बालबालिका र किशोर/किशोरीहरुको स्वास्थ्य र सुरक्षित विकासमा जोड दिएर यस वर्ष लागु औषध तथा ओसारपसार विरुद्धको अन्तराष्ट्रिय दिवस विभिन्न चेतनामूलक कार्यक्रमका साथ साताव्यापी रुपमा मनाउने नेपाल सरकारको निर्णय अनूरुप पर्वत जिल्लामा पनि विभिन्न कार्यक्रम सहित यो दिवस मनाईएको छ ।  

  • राष्ट्रिय सतर्कता केन्द्रको छड्के २०७४-१०-११

    मिति २०७४/१०/०९ गते राष्ट्रिय सतर्कता केन्द्र, सिंहदरबार काठमाण्डौंमा कार्यरत शाखा अधिकृत श्री नारायण प्रसाद दहालको नेतृत्वमा राष्ट्रिय सतर्कता केन्द्रका कम्प्यूटर अपरेटर राम पाठक र जिल्ला प्रशासन कार्यालय, पर्वतको प्रतिनिधि नायब सुब्बा नारायण प्रसाद पौडेलसहितको टोलीले पर्वत जिल्ला स्थित विभिन्न १० सरकारी कार्यालय तथा संस्थानहरुका कर्मचारीहरुको हाजिरी, विदा, काज, पोशाक, परिचय पत्र र आकस्मिक कार्यकक्ष छड्के निरीक्षण गरियो । कतिपय कार्यालयका कर्मचारीहरुले तोकिएको पोशाक, परिचय पत्र प्रयोग नगरेको देखियो र सो सम्बन्धमा सम्बन्धित कार्यालय प्रमुख मार्फत कर्मचारीहरुलाई सचेत गराईयो ।

  • जिल्लाका सरकारी कार्यालयहरुमा प्रशासनको छड्के २०७४-७-२७

    आज मिति २०७४ साल कार्तिक २७ गते १०:१५ बजे जिल्ला प्रशासन कार्यालय, पर्वतले विभिन्न १७ वटा सरकारी कार्यालयहरुको सहायक प्रमुख जिल्ला अधिकारीद्वय डिल्लीराम शर्मा पौडेल र ऋषि राम आचार्यको नेतृत्वमा ४ समूह बनाई आकस्मिक छड्के निरीक्षण गरी कर्मचारीहरुको हाजिरी, काज, विदा, पोशाक, परिचयपत्र र कार्यालय परिसरको सरसफाईको निरीक्षण गरेको छ । निरीक्षणका क्रममा अधिकांश कार्यालयमा कार्यालय प्रमुख सहित कर्मचारीहरु उपस्थित रहेको पाईएको, परिचय पत्र सहित तोकिएको पोशाक लगाएको पाईयो भने कार्यालय परिसर पनि बेलाबेलामा सरसफाई गर्ने गरेको पाईयो । विदा, काज स्वीकृत नगराई अनुपस्थित रहेका, तोकिएको पोशाक तथा परिचय-पत्र नलगाएका जिल्ला शिक्षा कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला अस्पताल, पशुसेवा कार्यालय,…

  • सरकारी कार्यालयहरुको निरीक्षण २०७४-६-१८

    मिति २०७४ साल असोज १८ गते जिल्ला प्रशासन कार्यालय पर्वतले पर्वत जिल्ला  स्थित विभिन्न १६ वटा सरकारी कार्यालयहरुको आकस्मिक निरीक्षण गरेको छ । निरीक्षणका क्रममा अधिका‌ंश कार्यालयमा कार्यालय प्रमुख सहित कर्मचारीहरु उपस्थित रहेको पाईयो । केही कार्यालयहरुमा कर्मचारीहरु विदा तथा काजमा रहेता पनि सेवा प्रवाह यथावत सुचारु रहेको पाइयो ।

  • सूचनाको हक सम्बन्धी सार्वजनिक विवरण २०७३-१०-२०

    सूचनाको हक सम्बन्धी सार्वजनिक विवरण

  • विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना-२०७५ पारित २०७५-३-२९

    प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष गुरुदत्त ढकालको अध्यक्षतामा मिति २०७५/०३/२९ गते बसेको जिल्ला विपद् व्यवस्थापन समितको बैठकबाट पर्वत जिल्लाको लागि तयार पारिएको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना-२०७५ पारित गरिएको छ । सो योजनाको पूर्ण पाठ कार्यालयको वेभसाईटबाट डाउनलोड गरी हेर्न सकिने छ ।

  • बाढी पूर्वानुमान सम्बन्धी सूचना २०७५-४-१

    २०७५ श्रावण १, आज देशको पश्चिमी र सुदुरपश्चिमी क्षेत्रमा हल्का देखि मध्यम सम्म वर्षा हुने संभावना तथा मध्य र पूर्वी भु-भागका केही स्थानमा मात्र हल्का वा मध्यम वर्षा हुने संभावना रहेको छ । (स्रोत: मौसम पूर्वानुमान महाशाखा)

  • विश्वकप फुटवल प्रदर्शन सम्वन्धी सूचना । २०७५-२-३०

    यही जेठ ३१ गते देखी सुरुहुने २१ अाैं विश्वकप फुटवलका लागि विभिन्न चरणका खेलहरु सञ्चालन हुने क्रममा फुटवल प्रेमी दर्शकहरुले मनोरञ्जनका लागि विभिन्न व्यक्ति, संघ-संस्था, नीजि व्यवसायी, क्लवहरुले विभिन्न प्रविधीको प्रयोग गरी प्रदर्शन गर्ने अवस्था भएमा विभिन्न सर्तहरु पालना गर्नुपर्ने हुँदा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयसँग समन्वय गरेर मात्र कार्यक्रम सञ्चलन गर्नु हुन जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।

  • नागिरकता वितरण टोली स‌ंचालन सम्बन्धी सूचना २०७५-२-१४

    यस कार्यालयको स्वीकृत वार्षिक कार्यक्रम अनुसार यहि मिति २०७५/०२/१८ र १९ गते महाशिला गाउँपालिकाको वडा नं. ५ लुंखुदेउरालीमा केन्द्र रहने गरी र  मिति २०७५/०२/२५ र २६ गते फलेवास नगरपालिकाको वडा नं. १ कार्किनेटामा केन्द्र रहने गरी यस कार्यालयबाट नागिरकता वितरण टोली संचालन हुन गईरहेको हुँदा महाशिला गाउँपालिकाका सो केन्द्रमा पायक पर्ने वडाहरु र फलेवास नगरपालिका वडा नं. १ कार्किनेटा केन्द्रमा पायक पर्ने कुश्मा नगरपालिका र फलेवास नगरपालिकाका सम्बन्धित सेवा ग्राहीहरुले सेवा लिन आउनु हुन सूचित गरिन्छ ।

  • कार्यालय प्रमुखहरुको वैठकको निर्णय २०७५-१-६

    मिति २०७५ साल वैशाख ५ गते जिल्ला स्थित सरकारी कार्यालयहरुको कार्यालय प्रमुखको नियमित बैठकमा भएका निर्णयहरु........

  • मासिक प्रगति विवरण २०७५-१-५

    २०७४ साल चैत्र महिनामा यस कार्यालयबाट प्रदान गरिएका सेवा प्रवाहको मासिक प्रगति विवरण ....

  • सार्वजनिक विदा सम्बन्धी सूचना २०७४-९-१६

    २०७४ पुष २७ गते विहिबार राष्ट्रिय एकता दिवसको अवसरमा नेपाल राज्यभरका सबै सरकारी कार्यालयहरु एवम् विदेशस्थित नेपाली नियोगहरु समेतमा सार्वजनिक विदा दिने भनी नेपाल सरकारबाट निर्णय भएकोले सो दिन यस कार्यालय पनि बन्द रहने व्यहोरा सबैको जानकारीको लागि अनुरोध गरिएको छ ।

  • सार्वजनिक विदा सम्बन्धी सूचना २०७४-८-१४

    हजरत मुहम्मद सल्ललल्लाहो अलैहे वोसल्लमको जन्म दिन (बाह्र रव्विउल) को शुभअवसरमा २०७४ साल मंसिर १५ गते तथा इसाई धर्मावलम्वीहरुको पर्व क्रिसमस डे का दिन (पौष १० गते) नेपाल राज्यभरका सबै सरकारी कार्यालयहरु एवं विदेशस्थित नेपाली नियोगहरु समेतमा सार्वजनिक विदा दिने भनी गृह मन्त्रालयको निर्णयानुसार भोलि मंसिर १५ गते शुक्रबार र आगामी पौष १० गते कार्यालय बन्द रहने व्यहोरा सबैमा जानकारीको लागि अनुरोध छ ।

  • सवारी साधन नचलाउने सम्बन्धी सूचना २०७४-८-७

    आसन्न प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन पहिलो चरणमा २०७४ साल मंसिर १० गते यस जिल्लासँग सीमाना जोडिएका जिल्ला वाग्लुङ्ग र म्याग्दीमा सम्पन्न हुन गई रहेकोले मंसिर १० गते उक्त जिल्ला भएर चल्ने लामो तथा छोटो दूरीका अत्यावश्यक र अनुमति लिएका बाहेक अन्य कुनै पनि सवारी साधन नेपाल सरकार गृह मन्त्रालयको आदेशानुसार सञ्चालन नहुने भएकोले सो दिन सवारी साधन सञ्चालन नगर्नु नगराउनु हुन सर्वसाधारणको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

  • हातहतियार बुझाउने सम्बन्धी अत्यन्त जरुरी सूचना २०७४-७-१७

    आगामी २०७४ साल मंसिर २१ गते सम्पन्न हुन गई रहेके आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न व्यक्तिहरुसँग रहेको इजाजत प्राप्त बन्दुक, पेस्तोल जस्ता हातहतियारहरु निर्वाचन कार्य सम्पन्न नभए सम्मका लागि जिल्ला प्रहरी कार्यालय पर्वत वा नजिकको स्थानीय प्रहरी चौकीहरुमा मिति २०७४/०७/३० गते भित्र अनिवार्य रुपमा बुझाउनु हुन सम्बन्धित सबैलाई हातहतियार ऐन, २०१९ को दफा ८ बमोजिम सूचना प्रकाशित गरिएको छ साथै निर्वाचनको परिणाम घोषणा भएको ७ दिन पश्चात उक्त हातहतियारहरु सम्बन्धित व्यक्तिहरुलाई फिर्ता गरिने व्यहोरा समेत जानकारी गराईन्छ ।



© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय